९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कोरोना त्रासः बाँकेमा लकडाउन गर्न सिफारिस



बाँके ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै बाँकेमा लकडाउन गर्न सिफारिस भएको छ । नेपालगञ्ज उपमहानरपालिका लगायतका क्षेत्रमा संक्रमण बढेसँगै लकडाउनका लागि सिफारिस भएको हो ।

यसबारे भोलि निर्णय हुने प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । ‘लकडाउन गरेर हिँडडुलमा समेत नियन्त्रण गर्नुपर्छ भनेर सिफारिस भएको छ । कुन-कुन क्षेत्रमा गर्ने भनेर हामीले निर्णय गर्न बाँकी छ’ उनले भने ।

प्रकाशित मिति : ७ बैशाख २०७८ मंगलबार ००:००  ४ : ५७ बजे