९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नेपाल समूहले ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने, पार्टी नफुटाउने



काठमाडौं ।
नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ निर्धारित समयमै दिने निष्कर्ष निकालेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले नेपालसहित २७ सांसदलाई स्पष्टीकरण सोधेपछि मंगलबार बसेको नेपाल समूहका सांसदहरुको बैठकले स्पष्टीकरण समय सीमाभित्रै दिने निष्कर्ष निकालेको हो ।

बैठकले अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने तर पार्टी भने नफुटाउने निष्कर्ष निकालेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । नेपाल समूहको बैठक बानेश्वरस्थित अर्याल होटलमा अहिले पनि जारी छ ।

सोमबार अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नाम र चिह्न दुरुपयोग गरेर समानान्तर गतिविधि चलाएको भन्दै नेपालसहित प्रतिनिधिसभाका २७ र कर्णाली प्रदेशका पाँच सांसद गरी ३२ सांसदलाई स्पष्टीकरण सोधेका छन् । ओलीले सच्चिने अन्तिम मौका रहेको चेतावनी पनि उनीहरुलाई दिएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७८ मंगलबार ००:००  ४ : ४४ बजे