गुल्मी ।
जिल्ला कारागार कार्यालय गुल्मीका कार्यालय सहयोगी कार्यालयभित्रै मृत फेला परेका छन् । रेसुंगा नगरपालिका–१० सिमीचौरका ४४ वर्षीय गोविन्दप्रसाद पाण्डेल आज बिहान करिब ८ बजेतिर कार्यालयकै एक क्याबिनमा डोरीको पासोमा झुण्डिएको अवस्था मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
शवको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया