काठमाडौं ।
राप्रपाको महाधिवेशन एक महिनापछि सरेको छ । सक्रिय सदस्यता वितरण र स्थानीय तहहरुको अधिवेशन गर्न समय अपुग भएको भन्दै महाधिवेशनको मिति सार्ने राप्रपाले निर्णय गरेको हो ।
केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले महाधिवेशन २२–२५ जेठमा गर्ने निर्णय गरेको नेता मोहन श्रेष्ठले बताए ।
यसअघि २५–२८ वैशाखमा महाधिवेशन गर्ने तय भएको थियो । बैठकले वैशाख मसान्तसम्म सक्रिय सदस्यता वितरण सक्ने निर्णय गरेको छ ।
प्रतिक्रिया