९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

वैशाख महिनामा परेको चैते दशैँ आज, कर्णालीमा सार्वजनिक बिदा



काठमाडौँ ।
आज चैते दशैँ । यस वर्ष बैशाख महिनामा चैते दशैँ परेको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ यस वर्ष भने बैशाखमा पर्न गएको हो । आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी दशैँ मनाउँछन् ।

चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ । चैते दशैँ पर्वका अवसरमा बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष कोभिड–१९ का कारण मठ मन्दिरमा भीड गराउन रोक लगाइएको छ ।

चैते दशैँ कर्णाली र सुदूरपश्चिममा भव्यसँग मनाउने गरिन्छ । चैते दशैँ धुमधामका साथ मनाउने भएकाले कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८ मंगलबार ००:००  ७ : ५२ बजे