मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगा र कपिलवस्तु नगरपालिकाका तीन वडा जोड्ने सडकको सोमबार उद्घाटन गरिएको छ ।
वाणगंगा नगरको वडा नं. ५ र वडा नं. ११ र कपिलवस्तु नगरपालिकाको वडा नं. १० लाई जोड्ने अमरैया–नगवा–ओदारी रणनैतिक सडकखण्डको उद्घाटन गरिएको हो ।
दुई वडा जोड्ने महत्वपूर्ण सडकको प्रदेश सांसद विष्णु पन्थी, वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारु, वडा नं. ५ का वडाध्यक्ष भीष्मराज भुसाल, कपिलवस्तु नगरपालिका वडा नं. १० का वडाध्यक्ष मोहन शर्मा, माओबादी केन्द्रका नेता विष्णु बेल्वासे, एमाले नेता डिल्ली भुसाल लगायतको उपस्थितीमा सडकको उद्घाटन गरिएको हो ।
सांसद पन्थीको पहलमा निर्माण भएको सडक दुई किलोमिटरको रहेको छ । गत बर्ष नै सडकको काम सम्पन्न गर्ने लक्ष्य राखिएपनि कोरोना भाइरसका कारण यो बर्ष सकिएको हो ।
पुल बनेसंगै हिँउद र बर्खामा आवातजावात गर्न सहज हुने छ भने गाउँघरमा उत्पादन भएका कृषिजन्य वस्तुको निर्यातमा सहजता आउने विश्वास गरिएको छ ।
प्रतिक्रिया