बुटवल ।
लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। दुई जना नेकपा माओवादी केन्द्रका सांसदले राजीनामा पनि दिएका छन्।
आजै नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए। माओवादी केन्द्रका कुलप्रसाद केसी र सुदर्शन बरालले राजीनामा दिएका हुन्।
केसीलाई भावी मुख्यमन्त्रीमा प्रस्तावसमेत गरिएको छ। उनी आन्तरिक मामिला मन्त्री थिए। यस्तै सामाजिक विकास मन्त्री बराल थिए।
प्रतिक्रिया