काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने भएका छन्।
बादलको आजै साँझ ५ बजे राष्ट्रपति भवनमा शपथग्रहण हुने भएको छ। नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका बादल एमालेमा लागेपछि उनको पद रिक्त गराउन माओवादीले लिखित पत्र दिएसँगै संसद् सचिवालयले आइतबार बिहान बादलको पद रिक्त भएको जानकारी गराएको थियो।
संघीय संसद् सचिवालयले आइतबार पदमुक्त भएको सूचना टाँस गरेपछि बादलको राष्ट्रियसभा सदस्य र मन्त्री पद दुवै रिक्त भएको थियो। उनलाई संविधानको धारा ७८ ९२० अनुसार आजै ६ महिनाको लागि मन्त्री नियुक्ति गर्न लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।
मौजुदा मन्त्रिपरिषदमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, युवा तथा खेलकुदमन्त्री दावा तामाङ, सहरी विकासमन्त्री प्रभु साह, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी सांसद छैनन्। त्यस्तै, खानेपानीमन्त्री मणिचन्द्र थापा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट पनि गैरसांसद हुन्।
प्रतिक्रिया