९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

बाल मा.वि.मा अंग्रेजी माध्यमबाट अध्यापन गराउन अभिभावकको सुझाव



मायादेवी अनलाइन, वाणगंगा ।
वाणगंगा नगरकै केन्द्रमा रहेको बाल माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न अंग्रेजी माध्यमबाट पठनपाठन सुचारु गर्न अभिभावकले सुझाव दिएका छन् । युग अनुसारको शिक्षा अभिभावकको माग वमोजिम विद्यालयले अंग्रेजी माध्यमबाट कक्षा संचालन गर्नुपर्नेमा सवै अभिभावक शिक्षाप्रेमीले जोड दिएका थिए । बाल माध्यमिक विद्यालय बैरियाले शनिबार विहान आयोजना गरेको सर्वपक्षीय छलफलमा सहभागी अभिभावकहरुले अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गर्न सवै प्रकारको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
बाल मा.वि.का प्रद्यानाध्यापक अर्जुन शाहीले अंग्रेजी माध्यमबाट पठनपाठन सुचारु गर्न विद्यालय तयार रहेकाले त्यसका लागि न्यूनतम २० लाख बजेट आवश्यक हुने बताउनुभयो । उहाँले विगतमा विद्यालयको भवन निर्माण गर्दा केही रकम ऋण भएतापनि अभिभावक, वडा कार्यालय, नगरपालिका र प्रदेश सरकारको सहयोगले आउने शैक्षिक सत्रबाट अंग्रेजी माध्यमबाट अध्यापन सुचारु गर्न सक्षम हुने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डोलकराम घिमिरेले बाल मा.वि.मा अग्रेजी माध्यमबाट कक्षा संचालन गर्ने योजनाका साथ आफु लागिपरेको बताउनुभयो । उहाँले अभिभावकको शिक्षा प्रतिको रुची र प्रतिवद्धताले आफुले सवै निकायसंग सहकार्य गरेर विद्यालयलाई नमुना बनाउन प्रतिवद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष बालकुमारी पन्तले वडा कार्यालयको तर्फबाट सामुदायिक विद्यालयको भौतिक पूर्वाधार देखि शैक्षिक गुणस्तर बृद्धि गर्ने सम्म आवश्यक पर्ने बजेट उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै समाजसेवी दुर्गा बहादुर सेनले बाल मा.वि. स्थापना देखिनै आफुले सहयोग गर्दै आइरहेकोले अवका दिनमा विद्यालयको शैक्षिक प्रगतिका लागि विद्यालयका प्रअ, विद्यालय व्यवस्थापन समिति र अभिभावकको हातेमालो जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा अभिभावक देवी प्रसाद पोखरेल, अमित पौडेल, भुवन न्यौपाने, राम प्रसाद घिमिरे, घनश्याम घिमिरे, मनोज पौडेल, राजेन्द्र विक्रम शाह, विद्यार्थी पुष्पा वेलवासे, पत्रकार हरि अधिकारी लगाएतले अंग्रेजी माध्यमको पठनपाठन अनिवार्य भएकाले विद्यालयले दिर्घकालिन योजना बनाएर अघि बढे बजेट अभाव नहुने बताएका थिए ।
सोही अवसरमा अंग्रेजी माध्यम कक्षा संचालनका लागि अध्ययन कार्यदलका संयोजक कृष्ण प्रसाद भट्टराईले विभिन्न विद्यालयले गरेका अभ्यास, अनुमानित लागत र योजनाबारे अभिभावकलाई जानकारी गराउनुभएको थियो भने कार्यक्रमको संचालन शिक्षक मोहन घिमिरेले गर्नुभएको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०७८ शनिबार ००:००  ९ : २९ बजे