मायादेवी अनलाइन, चारनम्बर ।
कोरोनाको कहर चुनौतिपूर्ण बन्दै गर्दा बाणगंगा नगरपालिकाले पनि थप सतर्कता अपनाउन थालेको छ । मुलुकभर दोश्रो लहर फैलँदै गर्दा विद्यालयहरु समस्यामा परेको भन्दै नगरले वैशाख १२देखि नगरका सबै विद्यालयमा बार्षिक परीक्षा सुरु गर्ने निर्णय गरेको हो ।
नगरप्रमुख मंगल प्रसाद थारु, उपप्रमुख चक्रपाणी अर्याल, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख (उपसचिव) बाबुराम भट्टराई, शाखा प्रमुख र नगरपालीका भित्रका सम्पुर्ण विद्यालयका प्रधानाध्यापक तथा प्रिन्सिपलको सहभागितामा शनिबार बसेको वैठकमा सो सहमति भएको नगरपालिकाले जनाएको छ ।
जेष्ठमा परीक्षा गर्नको लागि वातावरण अनुकुल नहुने ठानेर १२ गते देखि परीक्षा सुरु गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख भट्टराइले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हामिले सम्पुर्ण विद्यालयका प्रमुखहरुकै बिचमा यस्तो निर्णय गरेको छौ । अब विद्यालय र नगरपालीका दुबै परीक्षा संञ्चालनको लागी तायारीमा जुटीसकेका छौ” १२ गते देखि हुने परीक्षामा पुर्ण रुपमा स्वास्थ्यका मापदण्ड लागु गरिने पनि उहाँले बताउनु भयो । विद्यालयहरुले पनि सो मापदण्ड पालना गर्ने जनाएका छन् ।बाणगंगामा अझैसम्म दोश्रो लहरमा कसैलाई पनि कोरोना संक्रमण भएको छैन ।
कपिलवस्तुमा १५ बढीलाई दोश्रो लहरमा कोरोना भएको छ भने एक जनाको मृत्यु भएको छ । कोरोना समुदायस्तरमा नफैलियोस् भन्नको लागि समयमै सतर्ककता अपनाउन नगर लागि परेको मेयर थारुले बताउनु भयो । उहाँले अन्य पसल, ब्यवसाय आदिमा पनि स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गर्दै भीँडभाड नगर्न नगराउन नगरबासीमा अपिल गर्नुभयो ।कारोनाको दोस्रो लहर भारताम तिब्र रुपमा फैलिएको हुनाले नेपालमा पनि सङक्रमितको सङ्ख्या बढ्ने भन्दै स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया