९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पानी पर्दा पनि प्रदूषणमा सुधार आउन सकेन काठमाण्डौ प्रदूषित सहरको शीर्ष दुई स्थानमा



काठमाण्डौ
पानी परे पनि वातावरण प्रदूषणको अवस्थामा भने खासै सुधार आउन सकेको छैन ।

हिजो परेको असिनासहितको पानीले वायु प्रदूषणलाई घटाउन सक्ने भनिए पनि काठमाण्डौ उपत्यकासहित देशका मुख्य सहरमा वायु प्रदूषण अस्वस्थकर अवस्थामा नै रहेको छ ।

वातावरण प्रदूषणको मात्रा मापन गर्ने सूचक एक्यूआईले अहिले पनि काठमाण्डौ प्रदूषित ९४ सहरमध्ये शीर्ष दुईमा देखाएको छ ।

नेपालमा आज बिहानको एक्यूआई विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० र सरकारले तोकेको मापदण्डभन्दा बढी छ । यतिबेला रुपन्देहीको सिद्धार्थनगरको एक्यूआई एक सय ७१ छ । काठमाण्डौ, बुटवल, पोखरा र नेपालगन्जमा आज एक सय ५० भन्दा बढी एक्यूआई मापन गरिएको छ ।

डब्ल्यूएचओले एक्यूआई ३५ सम्मलाई स्वस्थ अर्थात राम्रो, ५१ देखि १ सयसम्मलाई सामान्य, २ सय एकभन्दा माथिलाई धेरै अस्वस्थकर, ३ सय एकभन्दा माथिलाई घातक मापदण्ड तोकेको छ । गएको चैत महिनायता काठमाण्डौको एक्यूआई चार सय ७० पुगेको थियो ।

वातावरणविद् भूषण तुलाधरले एकरदुई पटक पानी परेर तत्काल प्रदूषण केही घटे पनि पूरै हटेर नजाने बताउनुभयो । वातावरण प्रदूषणका स्रोतमा कमी नआउँदासम्म प्रदूषणमा कमी नआउने उहाँको भनाइ छ ।

वातावरणविद् तुलाधरले हिजोको पानी र अस्तिको हावाहुरीसहितको छिटफुट वर्षाले डढेलोमा केही कमी आए पनि सबै ठाउँमा डढेलो नियन्त्रण नहुँदासम्म र ठूलो पानी नपरेसम्म प्रदूषणको मात्रामा खासै सुधार नआउने बताउनुभयो ।

यसैबीच, हिजो र अस्ति पारेको पानीले डढेलोमा केही कमी आएको छ । लामो खडेरीका कारण चैत दोस्रो हप्तापछि एकैदिन ५ सय ठाउँसम्म डढेलो लागेको थियो । अहिले देशका १८ वटा जिल्लाका एक सय २० ठाउँमा डढेलो लागिरहेको छ ।

सबैभन्दा धेरै बर्दियामा २०, सुर्खेतमा १८, कैलालीमा १७ र जाजरकोटमा १४ ठाउँमा डढेलो लागिरहेको छ । अरु १४ जिल्लामा एकरदुई ठाउँमा डढेलो लागेको छ । पानी पर्नुभन्दा अघि एक सय ५० भन्दा धेरै ठाउँमा डढेलो लागेको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०७८ शनिबार ००:००  ११ : ५६ बजे