९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कोहलपुरमा बस र टिपर जुधे, ५ जनाको मृत्यु , ३७ घाइते, ७ जना जना गम्भिर



काठमाडौं ।

सुर्खेतबाट धरान जाँदै गरेको यात्रुबहाक बस बाँकेको कोहलपुरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। बसमा सवार ३७ यात्रु घाइते भएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरबाट धरानका लागि छुटेको मे १ ख ३३४७ नम्बरको बस बाँकेको कोहलपुर नगरपालिका–१३ रोहिणी खोला नजिकै विपरीत दिशाबाट आइरहेको टिपरसँग ठोक्किएर दुर्घटना भएको हो।

मृत्यु हुनेमा कोहलपुर नगरपालिका–१२ का २१ वर्षिय उदय बाठा, वडा नम्बर १३ का २५ वर्षिय खगेन्द्र सुनार, सुर्खेतको साटाखानीका ४० वर्षिय जीवन विक, झापाको मेचीनगर नगरपालिका–१० का बसधनी ४५ वर्षिय छत्र कटुवाल रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।यस्तै एक जना अन्दाजी ३५ वर्षीय भारतीय महिलाको मृत्यु भएको छ। उनको सनाखत भईनसकेको प्रहरीले जनाएको छ।

मृतक मध्ये कोहलपुरका दुई जना टिपरमा सवार थिए भने अन्य तीन जना बसमा सवार व्यक्ति रहेको प्रहरीले जनाएको छ।दुर्घटनामा परि एक जनाले घटनास्थलमै र अन्य ४ जनाले उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ज्यान गुमाएका हुन्।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक रविन्द्र खनालका अनुसार दुर्घटनामा ३७ जना घाईते भएका छन्। जसमध्ये ७ जनाको अवस्था गम्भीर छ भने १४ जनाको अवस्था मध्यम छ। २१ जना घाईतेको अवस्था सामान्य रहेको उनले जानकारी दिए। घाईतेहरुको उपचार कोहलपुर मेडिकल कलेजमा भईरहेको छ।

विपरित दिशाबाट निर्माण समग्री बोकेर आईरहेको ना।अ।अ।प। ४१ नम्बरको टिपरसँग उक्त बस ठोक्किएको प्रहरीले जनाएको छ। घटना शुक्रबार बेलुका साढे ५ बजेतिर भएको हो ।तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८ शनिबार ००:००  ६ : १३ बजे