९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तु प्रहरीलाई ठुलो सफलता, महिलाको हत्या गरी शरीरका अंग बेच्ने गिरोह सार्वजनिक



मायादेवी अनलाइन, चारनम्बर ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले ठुलो सफलता हात पारेको छ । पछिल्लो समय लागु औषधको तस्करी गर्ने, बिभिन्न आपराधिक घटनामा संलग्न हुनेविरुद्ध कठोर ढंगले प्रस्तुत भइरहेको कपिलवस्तु प्रहरीले तान्त्रिक प्रयोजनको लागि महिलाको हत्या गरी शरीरका अंगहरु बेचविखन गर्ने संगठीत गिरोहलाई पक्राऊ गरी सार्वजनिक गर्न सफल भएको छ । तौलिहवामा आज पत्रकार सम्मेलनको आयोजना गरी प्रहरी प्रमुख उपरिक्षक (एसपी) नवराज अधिकारीले त्यो गिरोहलाई सार्वजनिक गर्नु भएको हो ।

May be an image of 2 people and people standing

पक्राऊ पर्नेमा कपिलवस्तु शुद्धोधन गाउपालिका वडा नं २ नन्दनगर बस्ने ३९ वर्षिय अव्दुल कलाम मुसलमामन, ४५ वर्षिय बेलाल अहमद मुसलमान कपिलवस्तु शुद्धोधन गाउपालिका वडा नं ५का ५५ बर्षिय रामहरव यादव, रुपन्देही सैनामैना नगरपालिका वार्ड नं १ बनकट्टा का बर्ष ६७को कर्ण बहादुर सुनार र नवलपरासी साविक तम्सरिया गाविस वार्ड नं २ हाल मध्यविन्दु नगरपालिका ७ का ६७ बर्षिय खेम बहादुर मल्ल रहेको एसपीअधिकारीले जानकारी दिनुभयो ।

कपिलवस्तु शुद्धोधन गाउँपालिका वार्ड नं.६ बेतिया नदीमा केही समयअघि रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका वार्ड ५ मनहरपुर बुडन्तपुर स्थित माईतीघरमा विगत १२ १३ बर्ष देखी वस्दै आएकी बर्ष ४२ की सरजहाँ दर्जीको हत्या भएको थियो । उनीहरुले तान्त्रिक प्रयोजनको लागि महिलाको हत्या गरी शरीरका अंगहरु बेचविखन गर्ने गरेको प्रहरीले बताएको छ । यही लोभमा दर्जीको हत्या गरेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जानकारी दिएका छ ।

प्रहरीको विस्तृत रिपोर्ट

मानिसको हत्या गरी निजका हातका औंलाहरू ल्याएमा उक्त औंलाहरु प्रति औंला ७०÷८० लाख मुल्यमा बिक्री हुने भन्ने भ्रमपुर्ण हल्लाको बिश्वासमा परी महिलालाई मारी निजका हातका औंलाहरु काटी बिक्री बितरण गर्ने योजना बनाई मिति २०७७।१२।१२ गते राती अं.२०ः०० वजेको समयमा जिल्ला रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका वार्ड ५ मनहरपुर बुडन्तपुर स्थित माईतीघरमा विगत १२।१३ बर्ष देखी वस्दै आएकी बर्ष ४२ की सरजहाँ दर्जीलाई अब्दुल कलाम मुसलमान र बेलाल अहमद मुसलमानले फोन गरी जिल्ला कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं.३ हर्दिहवा स्थितमा बोलाई ललाई फकाई जिल्ला कपिलवस्तु शुद्धोधन गाउँपालिका वार्ड नं.६ बेतिया नदी छेउको चउरमा लगी केहीबेर गफ–गाफ गरी करीव २२ः०० वजेतिर सोही ठाँमा घाँटी थिची हत्यागरी मृतकका दुवै हातका औंलाहरू काटी लाशलाई बोरामा राखी पानीमाथी लाश नतैरीयोस भनि सोही बोरा भित्र ४ वटा ढुंगासमेत राखी लाशलाई ऐ.ऐ.स्थित बेती नदीमा फली मृतकका हातका औंलाहरू बिक्री वितरण गर्ने प्रयोजनको लागी बिभिन्न व्यक्तीहरुलाई दिई सकेको अवस्थामा निज मृतकलाई योजना बनाई बोलाई हत्या गर्ने तथा हत्या पश्चात मृतकका हातका औंलाहरु बिभिन्न स्थानमा सप्लाई गर्ने तथा राख्ने ब्यक्तीहरुको संगठीत गिरोहका व्यक्तीहरुलाई मिति २०७८।०१।०२ गते पक्राउ गरी सम्मानित जिल्ला अदालत कपिलवस्तुवाट संगठीत अपराध, कर्तव्य ज्यान तथा मानव बेचविखन तथा ओसारपसार कसुरमा म्यादथप गरी थप अनुसन्धान भईरहेको ।

पक्राउ परेका प्रतिवादीहरु तथा अपराध कसुरमा निजहरुको भुमिका

१. जि. कपिलवस्तु शुद्दोधन गा.पा.२ नन्दनगर वस्ने ईद्रिस मुसलमानको छोरा वर्ष ३९ को अब्दुल कलाम मुसलमान– मृतकलाई फोन गरी बोलाई हत्या गरी लाशलाई बेती खोलामा फाल्ने ।


२. जिल्ला कपिलवस्तु शुद्धोधन गाँउपालिका वडा –२ नन्दनगर बस्ने नसिर मोहम्मद मुसलमानको छोरा बर्ष ४५ को बेलाल अहमद मुसलमान – घटनामा संलग्न रही मृतकलाई बोलाई हत्या गरी नदिमा फाल्ने,मृतकका औलाहरु काट्ने र उक्त औलाहरु बिक्री प्रयोजनका लागी बिभिन्न व्यक्तिहरुलाई दिने ।
३. जिल्ला कपिलवस्तु शुद्धोधन गाँउपालिका वडा –५ शिवालवा बस्ने लालमन कुर्मीको छोरा बर्ष ४५ को कृष्ण कुर्मी – २ ओटा औला रामहरक यादव लाई र २ ओटा औला कर्ण बहादुर सुनार लाई दिने ।


४. जिल्ला कपिलवस्तु शुद्धोधन गाँउपालिका वडा–५ बिसुनपुरा बस्ने बलिकरण यादवको छोरा बर्ष ५५ को रामहरक यादव कृष्ण कुर्मीबाट २ वटा औंला लिई बिक्री प्रयोजनको लागी राख्ने ।


५. जिल्ला रुपन्देही सैनामैना नगरपालिका बार्ड नं १ बनकट्टा बस्ने टेक बहादुर सुनारको छोरा बर्ष ६७ को कर्ण बहादुर सुनार – कृष्ण कुर्मीले दिएको २ ओटा औला बिक्री प्रयोजनको लागी खेम बहादुर मल्ललाई दिएको ।
६. जिल्ला नवलपरासी साविक तम्सरिया गा.बि.स.वार्ड नं.२ हाल मध्यबिन्दु नगरपालिका ७ घर भई हाल जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं ९ शिबनगर डेरा गरी बस्ने देउ बहादुर मल्लको छोरा बर्ष ६७ को खेम बहादुर मल्ल – मृतकका २ ओटा औला –कर्ण बहादुर सुनारबाट २ वटा औंलाहरु लिई बिक्री प्रयोजनको लागी राख्ने ।

प्रकाशित मिति : ३ बैशाख २०७८ शुक्रबार ००:००  ६ : ३१ बजे