बुटवल
अर्घाखाँचीकी कोरोना संक्रमित महिलाको उपचारका क्रममा बुटवलमा मृत्यु भएको छ ।
अर्घाखाँचीको शीतगंगा नगरपालिका–३ की ७० वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो ।
चैत २९ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएकी महिलामा ज्वरो र श्वास(प्रश्वासको समस्या रहेको अस्पतालका प्रवक्ता डा।विष्णु गौतमले जानकारी दिए ।
पछिल्लो एक हप्तामा यसअघि कोरोना विशेष अस्पतालमा चारजनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया