९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

स्वर्गिय पत्रकार नन्दराम पौडेलसंग सांसद पन्थीले मागे ‘माफी’ ! कारण यस्तो छ



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुका अग्रज पत्रकार नन्दराम पौडेलको नयाँ बर्ष २०७८ को अहिल्लो दिन ७७ चैत्र ३१ गते भयो । उहाको मृत्यु पछि धेरै कुरा बाहिर आए । कतिपयले गाडी चालकको गम्भिर लापरबाहीको कारण पौडेलको अकालमै ज्यान गएको बताइरहेका छन् भने कतिपयले किन रातीमा हिँडेका होलान् ? किन सडक किनारमा मोटरसाइकल रोकी फोनमा कुरा गरेको होला भनी टिकाटिप्पणी गरिरहेका छन् ।

यद्यपी चालककै लापरबाहीले गर्दा उहाँको ज्यान गएको हो । तर प्रदेश सांसद विष्णु पन्थीले भने न मृतक नन्दरामको लापरबाहिले न चालक लापरबाहिले दुर्घटना भएको भन्दै त्यसको सबै कारण हाम्रो देशको नियम कानुन रहेको भनी स्वर्गिय पौडेलसंग माफी माग मागेका छन् । पौडेलको अन्तिमसंस्कारपछि घटनास्थल अवलोकनमा पुगेका सांसद पन्थीले नन्दरामको ज्यान जानुमा हाम्रै अस्पष्ट नीति र काममा हुने ढिलाईले पौडेलको मृत्यु भएको भनी समयमा काम गर्न नसकिएकोमा माफी मागेका हुन् । उनले यस्तो आसयको लामै फेसबुक स्टाटस लेख्दै भनेका छन् ‘प्यारो भाइ नन्दराम भौतिक रूपमा अलबिदा भयौं तर मेरो स्मरणमा सधै सधै रहनेछौ , भावपुर्ण श्रन्द्वाञ्जली सहित बनाउनु पर्ने ÷गर्नुपर्ने काम गर्न समयमा नसकोमा तिमि संग माफी माग्दछु ।’

उनको फेसबुक स्टाटस जस्ताको तस्तै “प्रिय भाइ नन्दरामको अन्तिम संस्कार पछि फर्केर दुर्घटना स्थल “चपरगाउ “ राम्रो संग हेरे पछि उनको अकालमा ज्यान लिने मतियार मध्ये एक हामी र हाम्रा नियम कानुन भएको कुरा मनमा खेली रहेको छ र यो लेख्दै छु । राजा महेन्द्रले पुर्ब पश्चिम् राजमार्गको सिलन्यास गरेको (२०१९) आज करिब ६ दसक पुरा भएको छ तर कपिलवस्तु सिमा (कोठी धान खोला ) सडक खण्ड आज पनि करिब उहीँ हालतमा सुतेको छ जबकि सडक ब्यस्तता (ट्राफिक) हिसाबले भने धेरै परिवर्तन भएको छ । राजमार्गको यो खण्ड धेरै जिर्ण भएको हुँदा दायाँबायाँ २÷२ मिटर थप पिच सहित मर्मत गर्न सडक डिभिजन सडक कार्यालय शिवपुरका इच्छाशक्ति र लगनशील तत्कालीन डिई इस्वर बहादुर रिजाल जि संग छलफल ग¥यौ र उहाले तत्काल करिब रु २८ करोड लागत अनुमसहितको कार्यक्रम बनाएर बिभागमा पठाउनु भयो । त्यसको पछि पछि लाग्न म पनि काठमाडौ लागे भौतिक योजना सचीवमा भाइ मधुसूदन अधिकारी (अर्घाखाँची ) र सहपाठी मित्र हरि बस्याल सहसचिव (हाल सचीव ) समेतको सहयोग हुदाहुदै हाम्रो फाइलले झण्डै दुई महिना सडक बिभागको चक्कर काट्यो प्रमुख कारण थियो मन्त्री रघुविर महासेठ जि को महिना महिनामा डिजि परिबर्तन (खै २÷३ तीन ) गर्ने रेकर्ड तोड काम थियो । अनेक गरेर जेठमा स्वीकृत भयो त्यो वर्ष ठेक्का मात्र लाग्यो तर काम भएन जनतन कोरोना संग जुझ्दै कोठी पिपरा ,गोरुसिङ्गे ,इमिलिया आदि ठाउँमा थोरै थोरै काम भयो (करिब ५ करोड )। गत वर्ष युबराज खतिवडाले फाइल खुब घुमाए वैदेशिक महाशाखामा धकेले त्यताबाट ःऋऋ वाला राय आयो मन्त्री ज्यु ले रोक्नु भयो जबकि ःऋऋ चनौटा पश्चिम् मात्रै हो । अहिलेका महामहिम राजदुत खतिवडा लाई माननीय मुख्य मन्त्री शंकर पोख्रेलले समेत त्यो फाइल स्वीकृत गर्न दुई पटक फोनमा मेरो अगाडि राम्रो संग अनुरोध गर्नु भएको थियोे भने मैले सुठौली भन्सार कार्यालय उद्घाटन गर्न जादा त्यो बाटो प्रत्यक्ष देखाउने उदेश्यले बुटवल बाट गाडीमा संगै जितपुर छाडेर गोरुसिङे हुँदै सुठौली पु¥याएको थिए तर पनि उनले आखिर गरेनन् । जे होस महामहिम जि लाई म सराप्दिन बरु शुभकामना छ अरु जय होस । प्यारो भाइ नन्दराम भौतिक रूपमा अलबिदा भयौं तर मेरो स्मरणमा सधै सधै रहनेछौ , भावपुर्ण श्रन्द्वाञ्जली सहित बनाउनु पर्ने ÷गर्नुपर्ने काम गर्न समयमा नसकोमा तिमि संग माफी माग्दछु ।”

प्रकाशित मिति : ३ बैशाख २०७८ शुक्रबार ००:००  ६ : २३ बजे