९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

आइपिएलः राजस्थानसंग दिल्ली पराजित, आज पंजाब र चेन्नई भीँड्ने



एजेन्सी ।

ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले पहिलो जित दर्ता गरेको छ ।बिहीबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले हराएर राजस्थानले पहिलो जित निकालेको हो ।

मुम्बईस्थित वान्ग्खडे स्टेडियममा दिल्लीले दिएको १ सय ४८ रनको लक्ष्य राजस्थानले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।राजस्थानको जितमा डेभिड मिलरले ६२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै क्रिस मोरिसले अविजित ३६ रन जोड्दा जयदेव उनाकडले अविजित ११ रन बनाए । राहुल टेवाटिया १९ रनमा आउट भए ।

दिल्लीका अभेस खानले ३ विकेट लिए । क्रिस वोक्स र कागिसो राबडाले २÷२ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो ।दिल्लीका लागि कप्तान ऋषव पन्तले ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।यस्तै टम कुरानले २१ रन जोड्दा ललित यादवले २० रन बनाए ।

क्रिस वोक्सले अविजित १५ रन बनाए ।राजस्थानका जयदेव उनाक्डले ३ विकेट लिए । मुस्ताफिजुर रहमानले २ विकेट लिए ।जितसँगै राजस्थानले २ खेलमा २ अंक जोडेको छ । राजस्थान लिगको पाँचौ स्थानमा रहेको छ । दिल्ली २ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ । दिल्लीको यो पहिलो हार हो ।प्रतियोगिता अन्तर्गत आज पंजाब किंग्स र चेन्नई सुपरकिंग्स भीँड्ने छन् । चेन्नई यसअघिको खेलमा पराजित भएको छ भने पंजाबले पहिलो खेलमा जित हासिल गरेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८ शुक्रबार ००:००  ६ : ०५ बजे