९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

ढल्ने भो लुम्बिनी प्रदेश सरकार पनि, काँग्रेश र माओवादीले अविश्वास प्रस्ताव दर्ता गर्दै



मायादेवी अनलाइन, चारनम्बर ।

लुम्बिनी प्रदेश सरकार पनि ढल्ने संकेत देखिएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेपछि सरकार ढल्ने सम्भावना बढेको हो ।

माओवादीको नेतृत्वमा सरकार बनाउने गरी कांग्रेसले पनि सहयोग गर्ने भएको छ । माओवादीको प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम) लाई माओवादीले मुख्यमन्त्रीका रुपमा अघि सार्ने तयारी गरेको बुझिएको छ ।

यसमा काँग्रेसले पनि समझदारी गरेका श्रोतले बतायो । मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउन केही दिनदेखि प्रयास भइरहेको छ। लुम्बिनी प्रदेश सभामा कूल सांसद संख्या ८७ छ । यस्तै गण्डकी प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्तावमा सहमति जनाएको राष्ट्रिय जनमोर्चाले पनि लुम्बिनीमा माओवादी र काँग्रेससंग समझदारी गर्ने बताइएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७८ बिहिबार ००:००  ३ : १५ बजे