९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सिद्धार्थ सहकारीले २२ औं स्थापना दिवस मनायो



मायादेवी अनलाइन, वाणगंगा ।
वाणगंगा नगरपालिकाकै सवैभन्दा पुरानो सहकारी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाले आफनो २२ औं स्थापना दिवस मनाएको छ । २०५५ साल वैशाख १ गते स्थापना भएको सिद्धार्थ सहकारीले २२ औं स्थापना दिवसमा विविध कार्यक्रम सम्पन्न गरेको छ । २०७८ सालको नयाँ वर्ष संगै सहकारीले आफना सदस्यहरुलाई विभिन्न विधामा सम्मान गरेको छ । सहकारीले स्थापना दिवसका अवसरमा असल बचत कर्ता, असल ऋणी, उत्कृष्ट समुह र असल बाल बचतकर्तालाई सम्मान गरिएको ब्यवस्थापक हरिलाल शर्माले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी सहकारी संघका सदस्य तेज प्रसाद आचार्यले सहकारीलाई संख्यात्मक भन्दा पनि गुणात्मक रुपमा बृद्धि गरेर सबल बनाउनुपर्ने बताउनुभयो । उहाँले सहकारीले सदस्यलाई अधिक्तम लाभ दिनेगरी व्यवसायका नयाँ नयाँ स्कीम ल्याउनुपर्नेमा जोडदिनुभयो ।
कार्यक्रममा लेखा समितिका संयोजक कबिराज भुसाल, तिलोचन घिमिरे, एकल महिला अधिकारको क्षेत्रमा कृयाशिल रुपादेवी राई लगाएतले नयाँ वर्ष संगै सहकारीले थप प्रगती हासिल गर्नुपर्ने बताएका थिए ।
सहकारीकी अध्यक्ष सूर्य कुमारी शाहीको अध्यक्षता, उपाध्यक्ष इन्दिरा भट्टराईको स्वागत र व्यवस्थापक हरिलाल शर्माको संचालनमा सम्पन्न भएको थियो । २२ वर्ष अघि २५ जनाबाट ५ रुपैयाका दरले बचत शुरुवात गरेर स्थापना भएको सहकारीमा हाल ४५ सय बढि सदस्य र करोडौंको बचत संकलन गरेर गरिब दुखीको वैंकको रुपमा स्थापित भएको छ ।
कार्यक्रममा सहकारीकी अध्यक्ष सूर्य कुमारी शाहीले महिला, गरिब विपन्न वर्गको उत्थानमा सिद्धार्थ सहकारी केन्द्रित भएकाले आगामी दिनमा सहकारीका वित्तिय सेवाहरु थप विस्तार गर्दै पारिवारिक व्यवसायिक कार्यक्रमलाई जोड दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २ बैशाख २०७८ बिहिबार ००:००  ११ : ०९ बजे