९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

अनुदानको चिनियाँ खोप निर्देशिकाविपरीत भारतीय व्यापारीलाई, किन भयो यस्तो ?



काठमाण्डौँ ।

चीनले नेपाललाई अनुदानमा दिएको कोरोनाविरूद्धको खोप निर्देशिका कुल्चिएर भारतीय व्यापारीलाई लगाइएको छ।टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका एक चिकित्सकका अनुसार हुलका हुल भारतीयहरू आएर चीनबाट प्राप्त ुभेरोसेलु खोप लगाएका हुन्। चीनले आफ्नो देशमा आउने मानिसहरूलाई आफूले नै उत्पादन गरेको खोप अनिवार्य गरेपछि चीनमा कारोबार गर्ने भारतीय व्यापारीहरू खोप लगाउन नेपाल आएका हुनसक्ने ती चिकित्सकले बताए।

ुम आफैं टिकट काट्ने ठाउँमा थिएँ। दश जना बढी भारतीयहरू खोप लगाउन भनेर लाइनमा थिए। अस्पतालले आनाकानी गर्दा कतिले जबरजस्ती पनि गरे, उनले भने, हिन्दी बोल्ने, पासपोर्ट पनि नभएको र कागजात माग्दा कसैले सोधेको छैन भनेर झगडा नै गर्न खोजे। अझ खोप लगाएकाहरूले भारतमा रहेका आफ्ना मान्छेलाई नेपालमा खोप पाइने भनेर लगाउन आउनका लागि फोन गरिरहेका थिए।

भारतबाट आएकाहरूलाई निर्देशिकाविपरीत खोप दिइएकोबारे अस्पतालले गल्ती स्वीकार गरेन। बरू सरकारले नै छिनछिनमा निर्देशिका परिवर्तन गर्दा यस्तो हुन गएको भन्दै पन्छिन खोज्यो।अस्पतालका निर्देशक सागर राजभण्डारीले भने, सरकारले सुरूमा चीनमा अध्ययन गर्ने विद्यार्थी, चीनमा कारोबार गर्ने व्यापारीलाई दिनु भन्यो। पछि फेरि ४० वर्ष माथिका सबैलाई दिनू भन्यो। त्यसपछि पार्सपोर्ट देखाएपछि भैगो नि।

उनले भारतबाट आएकाहरूले दूतावासको कार्ड देखाएको र त्यसमा चिनियाँ अक्षर लेखेको हुँदा केही नबुझिएको बताए। पछि शंका लागेर कडाइ गर्न खोज्दा झगडा नै गर्न खोजेको उनले बताए।ुहामीले शंका लागेर यो तिमीहरूका लागि होइन भन्दा झगडा नै भयो, निर्देशक राजभण्डारीले भने।
उनले अन्य अस्पतालहरूबाट पनि भारतीयहरूले चिनियाँ खोप लगाइरहेको बताए। सो कुरा आफैंले देखेको भन्दै उनले यो कुरा अन्य अस्पतालहरूले पनि उठाउनु पर्ने बताए। चिनियाँ सरकारले अनुदानमा नेपाललाई ८ लाख डोज भेरोसेलु खोप नेपाललाई दिएको थियो।

भारतले चीनमा उत्पादित खोपलाई प्रयोग अनुमति दिएको छैन। भारतमा चिनियाँ खोप नपाइने र चीन जान चिनियाँ खोप नै लगाएकै हुनु पर्ने भएपछि भारतीयहरू खोप लगाउन नेपाल आएका हुन्। कतिपयले यसलाई ओली सरकारको बदमासी भनेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७८ बिहिबार ००:००  १० : ०९ बजे