९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मायादेवीकर्मीद्धय आचार्य र महतको भीमदत्त नगरको विष्णु मन्दिरमा ‘लभ म्यारिज’



मायादेवी अनलाइन, चारनम्बर ।

सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्ज बाणगंगा कपिलवस्तुका संचालक दिपक आचार्य (अनुरागी) र रेडियोमा कार्यरत दीपा महत वैवाहिक बन्धनमा बाँधिएका छन् । बुद्धभूमि नगरपालिकास्थित इमिलिया स्थायी घर भएका आचार्यले बुद्धभूमिकै बुड्डीमा बस्ने दीपा महतसंग लगनगाँठो कसेका हुन् ।

उनीहरुले नयाँ बर्ष २०७८ सालको पहिलो दिन वैशाख १ गते कंचनपुरको भीमदत्त नगरपालिकामा रहेको प्रसिद्ध विष्णु मन्दिरमा नेपाली परम्परा अनुसार विवाह गरेका हुन् । रेडियोका निर्देशक तथा समाचार प्रमुख आचार्य र समाचार संयोजक तथा कुशल कार्यक्रम प्रस्तोता महत विगत ५ बर्षदेखि प्रेम सम्बन्धमा थिए । प्रेम सम्बन्धपछि पारिवारिक सहमतिमा अहिले विहे गरिएको आचार्यले बताउनु भयो ।

पछिल्लो समय युवायुवतीमा क्षणिक आकर्षणको प्रेम हुने स्थितिमा आफूहरु वैबाहिक सम्बन्धमा परिणत हुँदा समाजले पनि केही सिक्न जरुरी रहेको आचार्य र महतद्धयको भनाई छ । दुलही महत संचारिका समुहमा पनि आवद्ध हुनहुन्छ भने आचार्य संचारसंगै राजनैतिक र सामाजिक कार्यमा पनि संलग्न हुनहुन्छ । दुवैको घर बुद्धभूमि भए तापनि विशेष कारणवस कंचनपुरको भीमदत्त नगरको प्रसिद्ध विष्णु मन्दिर रोजेको दुवैको भनाई छ ।

May be an image of 2 people, people standing, temple and outdoors

प्रकाशित मिति : २ बैशाख २०७८ बिहिबार ००:००  ७ : ५० बजे