काठमाण्डौँ ।
थानकोटनौविसे सडकबाट पनि टनेल युगमा नेपाल प्रवेश गरेको देखिएको प्रधानमन्त्री ओलीको भनाइ छ।‘हामी टनेल युगमा प्रवेश गर्नका लागि बाटाका क्षेत्रमा थानकोट(नौविसे सडक, त्यसबाट पनि देखिएको छ। हामी टनेल युगमा प्रवेश गरेका छौं,’ नयाँ वर्षमा जनताका नाममा सम्बोधन गर्दै आज प्रधानमन्त्री ओलीले भने।टनेल निर्माण कसरी भइरहेको छ भन्नेबारे हेर्न काठमाडौंवासीलाई सजिलो पनि भएको उनले बताए।
‘अब काठमाडौंवासीलाई के सजिलो भएको छ भने टनेल कसरी निर्माण भइरहेको छ त्यो हेर्न जाने,’ प्रधानमन्त्री ओलीले भने, ‘कसरी अब टनेलबाट नौविसे छिर्ने र नौविसेबाट काठमाडौं छिर्नेरु त्यो ३र४ किलोमिटरको बाटो भएर कसरी आउँदैछ।’
यसैबीच
प्रधानमन्त्री केपी शर्मा ओलीले मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीसम्बन्धी प्रतिवेदन संसदमा निर्णयार्थ प्रस्तुत नगरिएको भन्दै असन्तुष्टि जनाएका छन् । सरकारले टेबुल गरिसकेको प्रतिवेदन रोक्न नपाइने पनि उनले बताए ।
सभामुख अग्नि सापकोटाको भूमिकाप्रति असन्तुष्ट प्रधानमन्त्री ओलीले बुधबारको सम्बोधनमा भने, ‘नेपाली कांग्रेस र नेकपा माओवादी सरकारमा हुँदा सम्झौता गरिएको थियो । त्यो संसदमा टेबल गरेका छौं । निर्णयार्थ प्रस्तुत गर्न हामीले माग गरिरहेका छौं । सरकारले प्रस्तुत गरिसकेपछि निर्णयार्थ प्रस्तुत नगर्ने संवैधानिक कुनै अधिकार कसैसँग हुँदैन । त्यो प्रस्तुत गर्नैपर्ने हुन्छ ।’
उनले संवैधान नै नमान्ने र जिद्दी गर्ने प्रवृत्ति आफूहरुले झेलीरहेकोसमेत बताए ।संसद अधिवेशन सुरु भएको पहिलो दिन प्रस्तुत गर्नु पर्ने अध्यादेशसमेत संसदमा प्रस्तुत गर्न नदिइएर अप्रिय स्थिति सिर्जना गरिएको प्रधानमन्त्रीले बताए ।उनले फाटोको खेति नभइ राष्ट्रिय एकता अहिलेको आवश्यकता भएको बताए ।
प्रतिक्रिया