मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ लाई वालमैत्री वडा घोषणा गर्नको लागि अन्तिम तयारी भएको छ । भौतिक विकास निर्माणले मात्र वडा समृद्ध नहुने भएकाले वडालाई बालमैत्री बनाउन लागिएको भन्दै अहिले वडाले बालबालिकाको सक्रियतामा दैनिक बिभिन्न काम गरेको छ । यसै सन्दर्भमा वडाले नवलपरासीको भ्रमण गरेको छ ।
वडाको आयोजना, सिद्धार्थ सामाजिक विकास केन्द्रको समन्वय र नगरपालिकाका प्रमुख मंगल प्रसाद थारुको नेतृत्वमा सुनवल नगरपालिकाको भ्रमण गरिएको हो । वाल मैत्री वडा घोषणालाई प्रवद्र्धन गर्ने उद्देश्यले नवलपरासीको सुनवल नगरपालिकाका विभिन्न विद्यालय, वाल उद्यान, पार्क, धार्मिक, ऐतिहासिक पर्यटकीय स्थलमा पुगि अध्ययन अनुगमन गरिएको वडाध्यक्ष सोमनाथ अर्यालले जानकारी दिए ।
वडाको विकास निर्माणसंगै वालवालिकाको क्षेत्रमा अहोरात्र खट्ने वडाध्यक्ष अर्यालले वडाको सबै पक्षको विकासका लागि आफु लागि परेको बताए ।
बाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारु, शिक्षा शाखा प्रमुख बाबुराम भट्राई, वडा अध्यक्ष सोमनाथ अर्याल, वडा सदस्यहरु, बाल क्लब, वडा सचिव, बिद्यालय व्यवस्थापन समिति अध्यक्ष लगाएत ६० जना टिम अनुगमनमा गएको हो ।
वाल मैत्री स्थानीय शासन घोषणाका लागि त्यस स्थानमा भएका कार्यहरुको बारेमा अनुगमन गरि वडामा लागु गरिने वडाध्यक्ष अर्यालले बताए । यस अघि वडाका हरेक टोल टोलमा पुगि विभिन्न नारा लेखिएका पर्चा, पम्प्लेट तथा ब्यानर सहित टोलटोलमा पुगि वडावासीलाई सचेत गराइएको थियो ।
बाल संरक्षण बाल बचाउ बाल बिकास बाल सहभागीता, बालमैत्री वडा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ अगाडि बढि सबै मिलेर बालमैत्री वडा घोषणा गर्न वडाध्यक्ष सोमनाथ अर्यालले सबैलाई आग्रह गरे ।
प्रतिक्रिया