९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

केही स्थानमा अपराह्नपछि मेघ गर्जन र चट्याङसहित वर्षा हुने



काठमाण्डौँ ।

मौसम पूर्वानुमान महाशाखाले पहाडी भू–भागका केही स्थानमा अपराह्नपछि मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षा हुने सक्ने जानकारी दिएको छ । महाशाखाका अनुसार केही भागमा तुँवालोको असर रहने छ ।सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा बदली रहने महाशाखाले जनाएको छ ।हाल नेपालमा स्थानीय वायुका साथै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव छ । महाशाखाले अहिले देशका धेरै स्थानमा तुँवालो लागेको जनाएको छ ।

महाशाखाका अनुसार भोली (मंगलबार) पहाडी भू–भागमा बदली रहने छ । पहाडी भू–भागका केही स्थानमा अपराह्नपछि मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षा हुने महाशाखाले जनाएको छ । बुधबार पहाडी भू–भागका केही स्थानमा क्षणिक वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७ सोमबार ००:००  ८ : ३१ बजे