९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

भाजपा र कांग्रेसका कार्यकर्ताबीच भीडन्तमा ५ जनाको मृत्यु, ३ घाइते



एजेन्सी ।

भारतको पश्चिम बंगालमा भएको चुनावी हिंसामा परी पाँच जनाको मृत्यु भएको छ । त्यस्तै, तीन जना घाइते भएका छन् ।
कूचबिहारको सीतालकुचीमा तृणमूल कांग्रेस तथा भारतीय जनता पार्टीका समर्थकबीच भिडन्त भएको थियो । त्यसक्रममा फायरिङ पनि भएको थियो ।कूचबिहार जिल्लामा केही व्यक्तिले बन्दुक खोस्ने प्रयास गरेपछि केन्द्रीय सुरक्षाबलले फायरिङ गरेको भारतीय मिडियाले समाचारमा उल्लेख गरेका छन् ।पश्चिम बंगालका ५ जिल्लामा ४४ सिटका लागि शनिबार चौथो चरणको मतदान हुँदै छ ।

प्रकाशित मिति : २८ चैत्र २०७७ शनिबार ००:००  ३ : ४२ बजे