एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको १४ औं संस्करण आज (शुक्रबार) बाट सुरु हुँदैछ ।चेन्नईमा साविक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैगलोरबीचको खेलसँगै आईपीएलको नयाँ संस्करण सुरु हुनेछ ।मुम्बई र बैंगलोरबीचको उद्घाटन खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।
एमए चिदंबरम स्टेडियममा रोहित शर्माको कप्तानीमा मुम्बई सुखद सुरुवात गर्न चाहन्छ ।साविक विजेता मुम्बई आईपीएलको नयाँ संकरणको पहिलो खेलबाटै आफ्नो दाबेदार पस्कन चाहन्छ ।तर, विराट कोहलीको कप्तानीमा मैदान उत्रने बैंगलोरविरुद्ध जित निकाल्न मुम्बईलाई सहज भने हुने छैन ।बैंगलोर पनि जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ ।
दुई टिमबीचको पछिल्लो नजिता हेर्ने हो भने मुम्बई बलियो देखिएको छ ।पछिल्लो पाँच खेलमा मुम्बईले ३ खेल जितेको छ । बैंगलोरले २ खेल जितेको छ । गत सिजनको दुई भेटमा दुबै टिमले एक एक जित निकालेका थिए ।
सम्भावित प्लेईङ ११
मुम्बई ( रोहित शेर्मा, इशान किशन, सूर्यकुमार यादव, हार्दिक पाण्डय, केईरन पोलार्ड, जेम्स निशम, कुर्नाल पाण्डय, नाथन कल्टर, राहुल चाहर, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह
बैंगलोर ( विराट कोहली, देबदत पडीक्ल, एबी डिभीलियर्स, ग्लेन म्याक्सवेल, मोहमद अझरुदीन, डानिल क्रिस्टियन, वासिङ्गटन सुन्दर, केली जेमिसन, नाभदिप शैनी, मोहमद सिराज, युजभेन्द्र चाहल
प्रतिक्रिया