९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

लुम्बिनी प्रदेशमा माओवादीनिकट गिरी अध्यक्षमा निर्वाचित, मुख्यमन्त्री पोख्रेललाई झड्का



मायादेवी अनलाइन, चारनम्बर ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा कपिलवस्तुका वसन्त गिरी निर्वाचित भएका छन् । प्रेस युनियन, प्रेस सेन्टर, माधव नेपाल निकट प्रेस चौतारी, प्रगतिशील पत्रकार संगठनहरुबीच भएको गठबन्धनबाट गिरी अत्यधिक मतसहित गयराति निर्वाचित भएका हुन् । उनले ओली निकट प्रेस चौतारीका भरत केसीलाई फराकिलो अन्तरमा हराए । उनलाई प्रदेशका अधिकांस जिल्लाबाट धेरै मत आएको थियो । अन्य पदाधिकारी र सदस्यमा पनि गिरीकै प्यानलको वर्चस्व देखिएको छ । प्रदेशको अन्तिम नतिजा घोषणा गर्न बाँकी छ ।

पत्रकार महासंघका केन्द्रिय सदस्य तथा कपिलवस्तुका पूर्वअध्यक्ष समेत रहेका गिरीले दशक बढी समय पत्रकारितामा ब्यतित गरिसकेका छन् । निर्वाचित भएपछि उनले सबैलाई मिलाएर लैजाने बताए । मायादेवी अनलाइनसंग छोटो प्रतिक्रिया जनाउँदै गिरीले श्रमजिवी पत्रकारको हकहितमा काम गर्ने पत्रकारिताको नीति, सिद्धान्त र मर्यादालाई नभुल्ने समेत बताए । लुम्बिनी प्रदेशका अधिकांस जिल्लामा सो प्यानलले बाजी मारेको छ ।

प्रधानमन्त्री तथा एमाले (केपी ओली) का प्रभावशाली नेता तथा विश्वास पात्र मानिने शंकर पोख्रेल मुख्यमन्त्री रहेको लुम्बिनी प्रदेशमा माओवादी निकट बसन्त गिरीको जितलाई राजनैतिक रुपमा हेरिएको छ । यो जितले मुख्यमन्त्रीलाई भड्का लागेको छ । प्रदेशका अधिकांस जिल्लाको नेतृत्वमा संयुक्त पयानलले जित हासिल गरे पनि मुख्यमन्त्री पोख्रेलको गृह जिल्ला दाङमा भने उनी निकटले चुनाव जितेका थिए । कडा प्रतिस्पर्धाका विचमा प्रेसचौतारीका दुर्गालाल केसी विजयी भएका हुन् । केसीले निकटम प्रतिस्पर्धी लक्ष्मी आचार्यलाई ११ मतलेपछि पार्दै जित हात पारेका हुन ।केसीका निकटम प्रतिस्पर्धी आचार्यले १ सय २४ मत प्राप्त गरेकीछन् भने १ सय ३५ मत सहित केसीले नेपाल पत्रकार महासंघ दाङ शाखाको नेतृत्व हात पारेका हुन् । यसअघि बषैाँ बर्षसम्म महासंघको नेतृत्वमा कब्जा जमाएको रुपन्देहीमा पनि काँग्रेस निकट प्रेस युनियनले बाजी मारेपछि अर्थमन्त्री विष्णु पौडेललाई ठुलो धक्का लागेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७७ शुक्रबार ००:००  ७ : ३७ बजे