कास्की । नेपाल पत्रकार महासंघ गण्डकीको अध्यक्षमा प्रेस युनियन र प्रेस संगठन गठबन्धनको प्यानल नै विजयी भएको छ । युनियनका नारायणप्रसाद शर्मा प्रेस चौतारीका दीपेन्द्र श्रेष्ठलाई १ सय २४ मतले पराजित गर्दै अध्यक्ष निर्वाचित भएका छन् ।
शर्माले ५ सय ३८ मत र श्रेष्ठले ४ सय १४ मत ल्याए । उपाध्यक्षमा दीपक भट्टराईले ५ सय २२ मत ल्याएर चुनाव जितेका छन् । उपाध्यक्षका अर्का प्रत्यासी इन्द्रप्रसाद पौडेलले ४०८ मत प्राप्त गरे । महिला उपाध्यक्षमा सोनी शर्माले ५ सय ५२ मत ल्याउँदा अर्की प्रत्यासी शान्ति गुरुङले ३ सय ८४ मत पाइन् ।
५ सय ७३ मत ल्याउँदै गोविन्दप्रसाद सुवेदी महासचिव निर्वाचित भएका छन् । महासचिवका अर्का प्रत्यासी दिल शिरिषले ३ सय ७६ मत ल्याए ।
सचिव खुलामा यदुनाथ बञ्जराले ५ सय ९२ र प्रकाशचन्द्र भट्टराईले ३ सय ४३ मत पाए । समावेशी सचिवमा ५ सय २४ मत ल्याएर सुशीलबाबु श्रेष्ठ (कैलाश) विजयी भए । सोही पदका प्रत्यासी चौतारीका रूद्र श्रिस मगरले ४ सय १० मत पाए ।
कोषाध्यक्षमा ३ जनाको उम्मेद्वारी परेको थियो । प्रेस सेन्टरका राजेन्द्र न्यौपाने, चौतारीका शालिकराम कोइराला र सागरराज तिमिल्सनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । न्यौपानेले ४ सय ५३ र कोइरालाले २ सय ७७ मत पाए । स्वतन्त्र उम्मेदवार तिमिल्सनाले २०५ मत पाएका छन् ।
सदस्य खुलामा ताराप्रसाद शर्मा, परशुराम शर्मा आचार्य, प्रकाश डोटेल, प्रदीप पौडेल, रमेश बस्ताकोटी, लोकेन्द्रबहादुर सुनार, सुनील पाण्डे विजयी भएका छन् । त्यस्तै महिला सदस्यमा रञ्जिता शर्मा, राधिका शर्मा कँडेल, रोशनी गुरुङले जित हात पारे ।
दलीत सदस्यमा सानेबहादुर नेपाली (कोइराला) विजयी भए । उनले ५ सय २० मत पाउँदा संगठनकी रबीना बोहराले ३ सय ९० मत ल्याइन् ।
मादिवासी जनजाती सदस्यमा रामजी राना र रूद्रबहादुर थापा विजयी भएका छन् । सदस्य अल्पसंख्यकमा श्रीकान्त सापकोटालाई १ सय ९२ मतले हराएर पदम छन्त्याल विजयी भए । छन्त्यालले ५ सय ५४ मत पाउँदा सापकोटाले ३ सय ६२ मत ल्याएका छन् ।
प्रतिक्रिया