मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ ले वालमैत्री वडा घोषणाका लागि विभिन्न सुचक पुरा गर्दै आएको छ । वाल अधिकार संरक्षणका लागि वडाले गरेका कार्यक्रम प्रभावकारी बन्दै गएका छन् । सोहि क्रममा वडा नं. ११ मा आज वालमैत्री स्थानीय शासन अन्तर्गत वालमैत्री वडा घोषणाको प्रवद्र्धनका लागि सचेतनामुलक ¥याली गरिएको छ । वडाका हरेक टोल टोलमा पुगि विभिन्न नारा लेखिएका पर्चा, पम्प्लेट तथा ब्यानर सहित टोलटोलमा पुगि वडावासीलाई सचेत गराइएको हो ।
वडा कार्यालयको आयोजना, वडा स्तरियवाल संजालको सहकार्य तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको समन्वयमा उक्त सचेतनामुलक ¥याली गरिएको हो । ¥यालीको क्रममा बाल श्रम, बाल बिवाह, लागू पदार्थ दुवर््यसनी, बलात्कार, लैङ्िगक हिंसा विरुद्ध हाम्रो अभियान, असल नागरिक असल समाज, हाम्रो सबैको स्वाभिमान, बाल बालबालिकालाई बिद्यालय पठाऔं, जन्मिने बितिकै जन्मदर्ता बनाऔँ, बाल बिबाह तथा बाल श्रम नगरौं र नगराऔँ, लैङ्िगक हिसां अन्त्य गरौं लगायतका विभिन्न सचेतनामुलक सुचकहरुको बारेमा वडावासीलाई सचेत गराईएको वाल सहजकर्ता उदयराज तिवारीले जानकारी दिएका छन् ।
बाल संरक्षण बाल बचाउ बाल बिकास बाल सहभागीता, बालमैत्री वडा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ अगाडि बढि सबै मिलेर बालमैत्री वडा घोषणा गर्न वडाध्यक्ष सोमनाथ अर्यालले सबैलाई आग्रह गरे । वडाध्यक्ष अर्यालले भौतिक विकास निर्माणले मात्र वडा समृद्ध नहुने भन्दै समाजमा रहेको अशिक्षा, विकृति विसंगतिलाई अन्त्य गरि सामाजिक रुपान्तरणको आवश्यकता रहेको बताए । वडा कार्यालयमा एक औपचारीक कार्यक्रम पछि वडा सम्पुर्ण विद्यालयका वाल क्लवमा आवद्ध वालवालिका, वडा समिति, वडाका कर्मचारी, संघ संस्थाका प्रतिनिधिको उपस्थितीमा ¥याली गरिएको हो । कार्यक्रममा वडाध्यक्ष अर्यालको अध्यक्षता रहेको थियो कार्यक्रमको सञ्चालन वडा सचिव राम प्रसाद सापकोटाले गरेका थिए ।
कार्यक्रममा वडा सदस्य ईमकला केसी, जगनारायण थारु, वाजबुललैन शाह, साबित्रा विक, वडा सचिव राम राम प्रसाद सापकोटा, वाल सहजकर्ता उदयराज तिवारी, सिद्धार्थ सामाजिक विकास केन्द्रका सामाजिक परिचालक दिनेश चौधरी लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया