९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

केन्द्रदेखि जिल्लासम्म फेसबुक बन्यो पत्रकारको भोट माग्ने उत्कृष्ट माध्यम



मायादेवी अनलाइन, चारनम्बर ।

नेपाल पत्रकार महासंघको चुनावमा पत्रकारहरुले भोट उत्कृष्ट माध्यमको रुपमा सामाजिक सञ्जाललाई प्रयोग गरेका छन् । जिल्ला, प्रदेश र केन्द्र तहमा चुनावी मैदानमा उत्रेका पत्रकारहरुले सामाजिक संजाल फेसबुकलाई सबैभन्दा बढी प्रयोग गरेका हुन् ।

केन्द्रमा उठेका अध्यक्षद्धय पिपुल पोख्रेल, निर्मला शर्मा लगायत प्रदेश र जिल्लाको नेतृत्वमा उठेकाले मनोननयन दर्ता र अन्तिम नामावली प्रकाशसपछि बिभिन्न पोष्टर बनाएर फेसबुक रंगाएका छन् । एकै पटकमा लाखौँ व्यक्तिमा सूचना पुग्ने भएकाले मुख्य गरी फेसबुकले भमेट माग्न सजिलो बनाएको महासंघमा लोकतान्त्रिक प्रगतिशिल पयानलबाट अध्यक्षमा उठेका विपुल पोख्रेलले मायादेवीलाई बताउनु भयो । अध्यक्षका अर्का प्रत्यासी निर्मला शर्माले पनि फेसबुकबाट भोट माग्न निकै सजिलो भएको बताउनु भयो ।

लुम्बिनी प्रदेशमा अध्यक्षमा उठ्नु भएका प्रगतिशिल लोकतान्त्रिक प्यानलका वसन्त गिरीले सामाजिक संजालबाट भोट माग्दा कम खर्चिलो पनि भएको बताउनु भयो । उहाँले भन्नुभयो ‘प्रविधिसंगै बढेको फेसबुक, ट्विटर र इन्स्टाग्रामले अहिले चुनावमा निकै सजिलो बनाइदियो । मैले पनि यसैबाट भोट माग्ने गरेको छु ।’

सामाजिक संजाल हेर्दा सबैभन्दा बढी फेसबुक, त्यसपछि ट्विटर र इन्स्टाग्रामबाट पत्रकारले भोट मागेका छन् । प्रविधि र पहुँच पुग्नेले त आफ्नो बायोडाटासहितको भिडियो नै बनाएर फेसबुकमा पोष्ट गरी मत मागेका छन् । यस्तै कहाँ भेटघाट हुने हो तालिका समेत बनाएर पत्रकारहरुलाई जुटाउन आह्वानसमेत फेसबुकबाटै गरिएको छ ।

आफूलाई मन परेको उम्मेदवारलाई जिताउन शुभचिन्तक र शुभेच्छुकले पनि फेसबुक लगायतका सामाजिक संजाल प्रयोग गरेका छन् ।केन्द्रदेखि जिल्लासम्मका सदस्यले पनि प्रचुर मात्रामा पोष्टर बनाई फेसबुकमा सेयर गरेका छन् । यसअघि भएको पत्रकारको चुनावमा यतिधेरै सामाजिक संजालको प्रयोग भएको थिएन ।

सामाजिक संजालको प्रगोगले धेरै खर्च पनि जोगिएको पत्रकारहरु बताउँछन् । सामाजिक संजालसंगै पत्रकारहरुले छलफल र भेटघाट बाट पनि मत मागिरहेका छन् । राजनैतिक विल्शेषक दिपक गजुरेलले चुनावमा बढ्दो प्रविधिको उच्चतम प्रयोग हुनु निकै सकारात्मक भएको भन्दै आगामी राजनैतिक चुनावमा पनि प्रविधिको प्रयोग हुनुपर्ने बताउनु भयो ।

डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति हुने बेला सामाजिक संजाल ट्विटरको अधिकतम प्रयोग भएको थियो । सामाजिक संजालकै अधिकतम प्रचार पनि ट्रम्पले चुनाव जित्नुको एक कारण मानिएको थियो । त्यसपछि विश्वभर नै चुनावमा सामाजिक संजालको उच्चतम प्रयोग हुन थालेको छ । नेपालमा पनि पछिल्लो समय धेरै क्षेत्रमा मत माग्ने उत्कृष्ट माध्यम सामाजिक संजाल बन्दै आएको छ । यसरी मत माग्दा समय पनि बचत हुने जानकारहरु बताउँछन् ।चैत्र २५(भोली) हुने पत्रकार महासंघको चुनावमा देशभरका १३ हजार पत्रकारले आफ्नो मत खसाल्दै छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७७ मंगलबार ००:००  ५ : ४० बजे