एजेन्सी ।
क्रिष्टियानो रोनाल्डोसहितको पोर्चुगलले विश्वकप २०२२ को छनौट अन्तर्गत मंगलबार राति भएको खेलमा जित दर्ता गरेको छ ।
युरोपेली क्षेत्रको छनौट अन्तर्गत समूह ए को खेलमा पोर्चुगलले लग्जेम्बर्गलाई ३–१ ले पराजित गरेको हो । अवे मैदानमा भएको खेलमा पछि परेको अवस्थाबाट पुनरागमन गरि पोर्चुगलले जित दर्ता गरेको हो ।
३० औँ मिनेटमा रोड्रिग्वेजको गोलबाट लग्जेम्बर्गले सुरुवाति अग्रता लिएको थियो । तर पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा डिओगो जोटाले पोर्चुगलका लागि बराबरी गोल गरे ।
क्रिष्टियानो रोनाल्डोले ५० औँ मिनेटमा गोल गरेपछि पोर्चुगलले खेलमा अग्रता लियो । ८० औँ मिनेटमा अल्भेस पालहिन्हा गोन्काल्भेसले गोल गरेपछि पोर्चुगलले ३–१ को जित निश्चित गरेको हो ।
८६ औँ मिनेटमा चानट दोहोरो पेहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि लग्जेम्बर्ग केही समय १० खेलाडीमा सीमित भयो ।
तीन मध्ये दुई गोलमा जित दर्ता गरेको पोर्चुगल सात अंकसहित समूहको शीर्ष स्थानमा छ । समूह ए अन्तर्गत मंगलबार राति नै भएको अर्को खेलमा सर्बियाले अजरबैजानलाई २–१ ले पराजित गरेको छ ।
प्रतिक्रिया