७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

अनेरास्ववियुद्धारा १९ बुँदे प्रस्ताव पारित



काठमाडौं ।
नेकपा एमालेको खनाल-नेपाल समूहको विद्यार्थी संगठनले १९ बुँदे प्रस्ताव पारित गरेको छ । सुदेश पराजुली अध्यक्ष रहेको अनेरास्ववियूले विद्यार्थीलाई सहुलियतमा शैक्षिक ऋण, यातायातमा लागु गरिएको विद्यार्थी छुट प्रभावकारी बनाउन, अनलाइन माध्यमबाट शैक्षिक प्रमाणपत्र पाउनुपर्नेलगायत १९ बुँदामा माग प्रस्ताव गरेको हो ।

गत चैत्र १० गते सम्पन्न अनेरास्ववियुको राष्ट्रिय भेलाले पारित गरेको प्रस्ताव मंगलबार सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : १८ चैत्र २०७७ बुधबार ००:००  ५ : ३७ बजे