बुटवल ।
बुटवलमा वायु प्रदूषण ‘खतरनाक’ तहमा पुगेको वायु गुणस्तर नाप्ने एक अन्तराष्ट्रिय कम्पनीको तथ्याङ्कमा देखिएको छ ।
मंगलबार ११ बजेर ४५ मिनेटमा लिइएको तथ्याङ्क अनुसार बुटवलको वायु गुणस्तर सूचक (एयर क्वालिटी इण्डेक्स) ३५० देखिएको छ । तथ्याङ्कले काठमाडौं र पोखराको सूचक क्रमशः २०९ र २१४ देखाएको छ ।
‘केही दिनदेखि तराईका क्षेत्रमा वायु प्रदूषणको समस्या निकै ठूलो देखिएको छ,’ वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलले भने–‘काठमाडौं लगायत तराईका करिब सबै जिल्लामा अहिले वायु निकै अस्वस्थकर बन्दै गएको छ ।’
वायु गुणस्तर मापक कम्पनी ‘आइक्यूएयर’का अनुसार अहिले बुटवलको वायु गुणस्तर सूचकले ‘मरुन’ रंग छोएको छ अर्थात्, स्वास्थ्यमा पार्ने जोखिमका हिसाबले ‘हाजार्डस’(खतरनाक) तहमा पुगेको छ । हावामा प्रदुषित तत्वहरुको सांद्रता(अयलअभलतचबतष्यल)का आधारमा निकालिने एक्यूआईलाई विष्लेशण गरी हावाको गुणस्तर निकालिन्छ । (हे. टेवल)
बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयमा जडित अर्को वायु गुणस्तर मापक कम्पनी ‘पर्पलएअर’को उपकरणमा देखिएको तथ्याङ्कलाई विष्लेशण गरी ‘आइक्युएअर’ले उक्त तथ्याङ्क निकालेको हो । उपकरणले ‘लेजर पार्टिकल’को प्रयोगबाट हावा तैरिएका हानिकारक कणहरुको मापन गर्छ ।
अमेरिकी सरकारी एजेन्सी नासाको सोमबार रातीको स्याटेलाइट तस्वीरमा बुटवलको वायुमण्डलमा बाक्लो तुँवालो लागेको देखिएको थियो भने उत्तर, पूर्व र पश्चिमका दर्जनौं क्षेत्रमा डढेलो लागिरहेको देखिएको थियो । जल तथा मौसम विज्ञान विभागले ‘डढेलोबाट सिर्जित धुवाँका कणहरु वायुमण्डलमा संचित हुन गई असामान्य प्रकारको तुवाँलोको अवस्था आएको’ बताएको छ ।
प्रतिक्रिया