काठमाडौँ ।
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुरमा नेपाल र उपाध्यक्ष भिम रावललाई ६ महिनाका लागि निलम्बन गरेपछि नेपाल–खनाल पक्ष आक्रोशित बनेको छ ।
खनाल–नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले सामाजिक संजालमा कमजोरहरूको अन्तिम अस्त्र जोडले चिच्याउने वा गाली गर्ने भएको टिप्पणी गरेकी छन् ।
सोमबार साँझ नेत्री झाँक्रीले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भनेकी छन, कमजोरहरूको अन्तिम अस्त्र हो, जोडले चिच्याउने, गाली गर्ने, अरूलाई तल देखाउने र कारबाही गर्ने ।’ उनले पृथ्वी गोलो भएको कुरा हेक्का राख्न पनि भनेकी छन् । उनले लेखेकी छन्,‘हेक्का रहोस्, पृथ्वी गोलो छ ।’
प्रतिक्रिया