काठमाण्डौँ ।
धनगढीस्थित अस्थायी कोरोना अस्पतालमा कोरोना सङ्क्रमणका बिरामी थपिने क्रम बढेको छ । सेती प्रादेशिक अस्पतालअन्तर्गत रहेको अस्थायी कोरोना अस्पतालमा सोमबार गरिएको २९ नमूना परीक्षणमध्ये १५ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । तीमध्ये केही दिनअघि मात्रै भारतका विभिन्न शहरबाट आएका १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको उनले बताए ।
श्रेष्ठका अनुसार कोरोना सङ्क्रमण पुष्टि हुनेमा धनगढी उपमहानगरपालिका– ३ का ३४ वर्षीय पुरुष, सोही वडाका ३० वर्षीया महिला र वडा नं। २ का ३० वर्षीय पुरुष रहेका छन् ।
त्यसैगरी भारतबाट आएका धनगढी– १ का ३० वर्षीया महिला, डोटीको केआई सिङ गाउँपालिका– ६ का ५८ वर्षीया पुरुष, कञ्चनपुर शुक्लाफाँटा– ११ का २२ वर्षीया पुरुष र कृष्णपुर– ६ का २२ वर्षीया महिलामा कोरोना सङक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए ।
प्रतिक्रिया