मायादेवी अनलाइन, चारनम्बर ।
होलीमा नियम उलंघन गर्ने १२० मोटरसाइकल कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाका बिभिन्न स्थानबाट ती मोटरसाइकलहरुलाई आज नियन्त्रणमा लिइएको हो । होलीमा झै–झगडा गर्ने तथा अशान्ति फैलाउने ब्यक्ति र ट्राफिक नियम उल्घंन गर्ने ती सवारी साधनहरू नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिनुभयो ।
मोटरसाइकलमा सवारहरुले हेल्मेट नलगाउने, तिन जना सवार हुने, मादक पदार्थ सेवन गर्नेजस्ता क्रियाकलापक गरेको पाइएकाले नियन्त्रणमा लिनु परेको उहाँले बताउनु भयो ।
यसैगरी नियमविपरित चल्ने १० वटा अटो रिक्सा पनि नियन्त्रणमा लिइएको उहाले बताउनु भयो । नियन्त्रणमा लिइएकामध्ये केहीलाई सोधपुछपछि छोडिने र केहीलाई कारबाही प्रकृया अगाडी बढाइएको पनि प्रहरीले बताइको छ ।
प्रहरीका अनुसार सुरक्षा ब्यवस्था कडा बनाइएकाले आज अरु अप्रिय घटना भने भएनन् । होली पर्वलाई मध्यनजर गरी प्रहरीले कपिलवस्तुका मुख्य स्थान तथा भित्री बाटोहरुमा पनि प्रहरी परिचालन गरेको थियो ।
प्रतिक्रिया