७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

इङ्ग्ल्याण्डसँगको तेस्रो एक दिवसीय क्रिकेटको उपाधि भारतलाई



काठमाण्डौ ।

इङ्ग्ल्याण्डसँगको तीन खेलको एक दिवसीय श्रृङ्खला भारतले जितेको छ । घरेलु मैदान पुनेमा भएको खेलमा भारतले इङ्ग्ल्याण्डलाई ७ रनले पराजित गर्दै श्रृङ्खला जितेको हो। भारतले दिएको ३ सय ३० रनको लक्ष्य पछ्याएको इङ्ग्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय २२ रन मात्र बनाउन सक्यो ।
यसअघि भारतले निर्धारित ओभरको १० बल बाँकी छँदै सबै विकेट गुमाएर ३२९ रन बनाएको थियो । भारतका लागि ऋषभ पन्त, हार्दिक पाण्डेय र शिखर धवनले अर्धशतकीय पारी खेलेका थिए । इङ्ग्ल्याण्डले यसअघि भएको टेष्ट र ट्वान्टी(ट्वान्टी श्रृङ्खला पनि हारेको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०७७ सोमबार ००:००  ११ : ४१ बजे