मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिका ४ हरिहरपुरमा चैते धान रोपिएको छ । संघीय सरकारको बाली विकास कार्यक्रम अनुसार वाणगंगाका विभिन्न ३ वटा वडामा चैते धान रोपिएको वाणगंगा नगरपालिकाका कृषि विकास शाखा अधिकृत सन्तोष कुमार भुसालले जानकारी दिनुभयो । धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्तरगत वाणगंगा ४ हरिहरपुरमा २० कठ्ठा जग्गामा चैते धान रोपिएको हो ।
हरिहरपुरका खेम बहादुर हमाल र कृष्णाकुमारी थापाको १०–१० कठ्ठा जग्गामा चैते धान रोपिएको हो । चैते धान रोपाइका लागि नगरपालिकाले बिउ, मल, रासायनिक विषादी लगाएतको ब्यवस्था गरेको छ भने गोबर मल, जोताइ, गोडाइ, कटाइको कृषक आफैले गर्नुपर्ने छ ।
संघीय सरकारको बाली विकास कार्यक्रम अनुसार वडा नम्बर ४ का २ ठाउँ, ५ को १ ठाउँ र १० को ठेकहीमा १० कठ्ठा जग्गामा रोपिएको जनाइएको छ । आइतबार वडा नम्बर ४ को हरिहरपुरमा सिद्धार्थ महिला समूहले उल्लासपूर्ण तरिकाले चैते धान रोपेका छन् ।
प्रतिक्रिया