मायादेवी अनलाइन, चारनम्बर ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुको मेची–महाकाली अभियान शनिबार सकिएको छ । जिल्लामा पर्यटन प्रवद्धन गर्न र कोरोनाका कारण थला परेका होटल व्यवसायीको लागि राज्यले उचित सम्बोधन गर्नु पर्ने मागसहित गत चैत्र ३ गतेबाट सुरु भएको अभियान कंचनपुरको महेन्द्रनगरस्थित सिमाना गड्डाचौकीमा पुगेपछि अभियान सकिएको हो ।
पत्रकारसहित १८ जनाको टोली लिएर अभियानमा होमिएको संघले १२ दिनमा अभियान सक्न सफल भयो । महाकाली पुलमा भएको कार्यक्रममा संघका अध्यक्ष तथा अभियानका नेतृत्वकर्ता गोपाल बहादुर खत्री, वरिष्ठ उपाध्यक्ष लेख बहादुर घर्ती, उपाध्यक्ष रेशम ढकाल, सचिव शिवराज सापकोटा, कोषाध्यक्ष पदम ढकाल, र सहकोषाध्यक्ष रोमलाल पौडेलले अभियानमा साथ दिने सबैलाई धन्यबाद दिनुभयो ।
अभियानको दौरानमा संघले ३० जिल्लामा पुगेर प्रतयक्ष रुपमा होटल तथा पर्यटन ब्यवसायी, उद्योग बाणिज्य संघ, नागरिक समाज र सरकारका प्रतिनिधिसंग होटल बयवसायीका पीर मर्का, कोरोनासंग कसरी अगाडी बढ्ने लगायतका बिषयमा छलफल र बहस गरेको छ । यसैगरी कपिलवस्तुको परिचय समेटिएको वृत्त चित्र प्रदर्शनी, जिल्लाका धार्मिक, सामाजिक, सांस्कृतिक र पुरातात्विक महत्व समेटेर तयार पारिएका पोष्टर पप्लेट र मायाको चिनो पनि वितरण गरिएको अभियानका प्रेस संयोजक चन्द्रकान्त न्यौपानेलेबताउनु भयो ।
अभियानको क्रममा पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका ब्यक्तिले कपिलवस्तु घुम्न आउने बाचा पनि गरेका कारण कुनै न कुनै रुपमा यहाँ आन्तरिक पर्यटकको संख्या बढ्ने खत्रीले विश्वास ब्यक्त गर्नुभयो । पर्यटन पर्वद्धन गर्ने सबालमा होटल व्यवसायी संघले मुलुकमै पहिलो र उदाहरणीय कार्य गरेको भन्दै सरोकारवालाले प्रसंसा गरेका छन् ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठले कोरोनाका कारण देशभरका होटल तथा रेष्टुरेन्ट व्यवसायी धरासायी बनेको स्थितिमा अभियानले थप हिम्मत दिएको प्रतिक्रिया दिनुभयो । कोरोनाको सबैभन्दा मारमा परेका होटल ब्यवसायीलाई राज्यले पनि उचित सम्बोधन गर्न नसकेकोमा अभियानले ध्यानाकर्षण गराउन सफल भएको भनी उहाँले खुसी ब्यक्त गर्नुभयो ।
सातै प्रदेशमा ज्ञापन पत्र पेश
यसैगरी अभियानले मुलुकका सातै प्रदेशका उद्योग, वन वातावरण तथा पर्यटन मन्त्रालयमा ज्ञापन पत्र पेश गरेको छ । प्रदेश नम्बर १ को विराटनगर, प्रदेश नम्बर २ को जनकपुर, बाग्मति प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीमा ज्ञापन पत्र पेश गरिएको हो ।
ज्ञापन पत्र मार्फत् होटल ब्यवसायीलाई कोरोना राहत दिइनु पर्ने, होटल ब्यावसायीलाई पर्यटन व्यवसायीको रुपमा हेरिनु पर्ने, पर्यटन प्रवद्धन कार्यक्रम होटल बयववसायीमार्फत् गरिनु पर्ने भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराइएको अध्यक्ष खत्रीले बताउनु भयो । ज्ञापन पत्र बुझ्दै मन्त्रालयका मन्त्री तथा सचिवहरुले माग जायज रहेको भन्दै सरकारले गर्ने काम कपिलवस्तु होटल ब्यववसायीले गरेको भनी प्रसंसा पनि गरेका थिए । तिलौराकोट, जगदिशपुर ताल लगायतको ब्यापक प्रचार भएको खण्डमा कपिलवस्तुमा हजारौँको संख्यामा पर्यटक भित्रने संघले विश्वास लिएको छ ।
प्रतिक्रिया