काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बिहान भएको भेटवार्तामा प्रतिनिधि सभाको बैठक कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ । संसद्लाई सरकारले बिजनेस दिने र विचाराधीन विधेयक अघि बढाउने विषयमा छलफल केन्द्रित रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो । सभामुखले आफूले सर्वदलीय बैठक बोलाउने तयारी गरकोबारे पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभएको छ ।
लामो समयदेखि प्रधानमन्त्री र सभामुखबीच छलफल हुन सकेको थिएन । केही समयअघि प्रधानमन्त्री ओलीले सभामुखलाई झगडिया भनेर आरोप लगाएपछि सभामुख पनि प्रधानमन्त्रीसँग रुष्ट हुनुभएको थियो ।
प्रतिक्रिया