पाल्पा ।
जिल्ला संकट व्यवस्थापन समिति पाल्पाको बैठकले सबै स्थानीय तहमा क्वारेन्टिन र आइसोलेसन तयारी राख्न निर्देशन दिएको छ ।
कोभिड–१९ संक्रमणको सम्भावनालाई मध्यनजर गर्दै पहिलो संचालनमा आएको क्वारेन्टिन, आइसोलेसन केन्द्र तयारी अवस्थामा राख्न निर्देशन गरिसकेको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेयले बताउनुभयो ।
‘छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण तथा मृत्युदर समेत बढ्दै गएको सन्दर्भमा खुला सिमानाका कारण भारतबाट मानिसहरुको आवतजावत भएको छ,’ प्रजिअ पाण्डेयले भन्नुभयो, ‘त्यसैले यो जिल्लामा पनि भारतबाट फर्कनेको संख्या बढ्न सक्छ । त्यसैले सचेत गराएका छौं ।’
प्रजिअ पाण्डेयका अनुसार भारतसहित तेस्रो मुलुकबाट आउने व्यक्ति अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने छ । संकट व्यवस्थापन समितिका साथै सर्वपक्षीय बैठकले कोरोना संक्रमण रोकथाम र न्यूनीकरणका लागि निर्णय लिएको उहाँले बताउनुभयो ।
भारत तथा तेस्रो मुलुकबाट आएका जोसुकै स्थानीय सरकारले निर्माण गरेको आइसोलेसन र क्वारेन्टिनमा बस्नु पर्ने उहाले बताउनुभयो । भारतलगायत तेस्रो मुलुकबाट फर्किएकालाई १४ दिन होम क्वोरेन्टिन अनिवार्य गरिएको छ । उनीहरूको निगरानी गर्न प्रशासनले सबै स्थानीय तहलाई निर्देशन गरिसकिएको उहाँले बताउनुभयो ।
भारतलगायत मुलुकबाट आउने मासिनहरुको वडा तथा समुदायस्तरबाट निगरानी र अभिलेखसमेत स्थानीय तहले राख्नेछन् । स्थानीय सरकारसँग समन्वय गरेर उनीहरूको कोरोना परीक्षणको व्यवस्था मिलाइने छ । संकट व्यवस्थापन समिटिको बैठकले होली (फागु) पूर्णिमालगायत मेला, जात्रा, महोत्सव, वार्षिकोत्सव, भेला, जुलुस तथा ¥यालीजस्ता भीडभाड हुने कार्यक्रम गर्न रोक लगाएको छ ।
प्रतिक्रिया