काठमाडौँ ।
पहाडी क्षेत्रमा शनिबार आंशिक बदली भइ अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभावका कारण पहाडी क्षेत्रमो मौसम केही प्रभावित हुने देखिएको हो ।
अहिले पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित फाटफुट र हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै राति पनि पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित फाटफुट र हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
यसैबिच पहाडी भू–भागहरुमा आंशिक बदली रही एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित फाटफुटरहल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।
प्रतिक्रिया