काठमाडौँ ।
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल र भीम रावललाई कारबाही गने संकेत गरेका छन् ।
शुक्रबार संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले नेपाल र रावलले सोधेको स्पष्टीकरण प्राप्त भएको भन्दै उनीहरुको जवाफ चित्तबुझ्दो नभएको बताएका हुन् ।
ती स्पष्टीकरण कारवाही योग्य भएको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले फागुन २८ मा भएको निर्णय फिर्ता नहुने पनि बताएका छन् ।
शुक्रबारको संसदीय दलको बैठकमा माधव नेपाल र भीम रावल बाहेक झलनाथ खनाल तथा नेपाल पक्षका अधिकांश सांसद उपस्थित थिए ।
नेता खनालले बैठकमा एकलौटी भएका निर्णय र्फिता लिनुपर्ने बताए । उनले भने,‘हामी सबै संरचनामा २०७५ जेठ २ मा जाऊ । यो बीचमा गरिएका सबै निर्णय अवैधानिक छन । पार्टी कमिटीको बिधान अनुसार अगाडि बढौँ ।’
प्रतिक्रिया