बुटवल ।
लुम्बिनी प्रदेशको प्रदेश सभाको बैठक चैत्र १८ गते बोलाउने तयारी गरिएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले चैत्र १८ गते प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
गत असोज २० गते प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगो लागेसँगै बर्खे अधिवेशन सकिएको थियो । संविधानमा एउटा अधिवेशन र अर्को अधिवेशनको अन्तर ६ महिना भन्दा बढि हुन नहुने व्यवस्था छ ।
जस अनुसार प्रदेश सभाको २० गते छ महिना पुग्दै छ। अघिल्ला वर्ष हिउँदे अधिवेसन माघ महिनामै आह्वान भएपनि यो वर्ष ढिलाई भएको हो ।
प्रतिक्रिया