७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

प्याब्सन वाणगंगाको चौथो साधारण सभा सम्पन्न



कपिलवस्तु ।

निजि विद्यालयहरुको छाता संगठन प्याब्सन वाणगंगाको चौधो साधारण सभा सम्पन्न भएको छ । प्याब्सन केन्द्रिय सचिवालय सदस्य सर्वेन्द्रदेव खनालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा, प्याब्सन केन्द्रिय कमिटि सदस्य सरोज खनालको विशिष्ट आतिथ्यता तथा नगर प्याब्सनका वरिष्ट उपाध्यक्ष सुन्दर पाण्डेको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सर्वेन्द्रदेव खनालले संस्थागत विद्यालयको विकल्प नभएको र अब यसलाई सुधार गदै लैजानु पर्ने बताउनुभयो ।
यस्तै विशिष्ट अतिथि सरोज खनालले निजि विद्यालयले उत्पादन गरेका विद्यार्थीहरुले अन्तराष्ट्रिय स्तरमै प्रतिस्पर्धा गर्न सक्ने गरी लैजानु पर्नेमा जोड दिनुभएको छ ।
वाणगंगा नगर प्याब्सका अध्यक्ष राजु अधिकारीको अध्यक्षता रहेको कार्यक्रममा तोलाकान्त डुम्रेको स्वागत मन्तव्य प्याब्सन सचिव लेखनाथ पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रमको समापन गदै अध्यक्ष अधिकारीले गुणस्तरमा आफुहरु कुनै विद्यालय भन्दा कम नरहने तथा गुणस्तरका शिक्षाका आफुहरु सर्धैँ तत्पर रहेको बताउनु भएको थियो ।
साधारण सभामा प्याब्सनको आर्थिक, प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । यस्तै कार्यक्रममा आगामी कार्ययोजना पनि प्रस्तुत गरेको प्याब्सन जनाएको छ ।
विद्यार्थीहरुको उज्जवल भविष्य निर्माण गर्नका लागि आफुहरु कडा रुपमा लाग्ने प्याब्सन वाणगंगाले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७ शुक्रबार ००:००  ७ : २५ बजे