काठमाडौं ।
नेकपा एमालेको नेपाल–खनाल समूहको केन्द्रीय कमिटी बैठक काठमाडौंको कलंकीस्थित मोगा बैंक्वेटमा सुरु भएको हो।
बैठकमा पार्टीभित्र अहिले देखिएको विवादमा अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न हुने उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए।
अध्यक्ष केपी शर्मा ओली पक्षले राखेका केन्द्रीय समिति तथा संसदीय दलको बैठक बहिष्कार गरेका नेपाल–खनाल पक्षले अलग्गै बैठक बोलाएको हो। सर्वोच्च अदालतले दुई दल मिलेर बनेको नेकपा अवैधानिक भन्दै पहिलेकै एमाले र माओवादी केन्द्र कायम गर्ने फैसला गरेपछि एमालेमा तीव्र विवाद सुरु भएको छ।
नेपाल– खनाल पक्षका सबै नेताका पद र जिम्मेवारी खोस्दै अध्यक्ष ओलीले गृहमन्त्री रामबहादुर थापासहित माओवादी केन्द्रका २३ नेतालाई एमालेको केन्द्रीय सदस्य बनाएका छन्। यो निर्णय अवैधानिक भन्दै नेपाल–खनाल पक्षले विरोध गरिरहेको छ। यो समूहलेपार्टीमा समानान्तर कमिटी गठन गरिरहेको छ।
प्रतिक्रिया