८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मुम्बईको एक निजी अस्पतालमा आगलागी हुँदा ६ जनाको ज्यान गयो



काठमाण्डौ ।
भारतको मुम्बईमा रहेको एक निजी अस्पतालमा आगलागी हुँदा ६ जनाको ज्यान गएको छ । मुम्बईको सनराइज अस्पतालमा आगलागी भएको हो ।
अस्पतालमा रहेका कोरोना सङ्क्रमित ७० जना भन्दा धेरै बिरामीलाई अर्कै अस्पतालमा सारिएको त्यहाँका मेयरलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । आगलागीको कारण खुलेको छैन । आगो निभाउन २५ भन्दा धेरै दमकलको प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७ शुक्रबार ००:००  १ : ०४ बजे