काठमाडौं ।
राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज चढेर विदेश पुग्ने नेपालीको चाहना यो वर्ष पनि पूरा नहुने भएको छ ।
सरकारले चालु आर्थिक वर्ष २०७७–७८ भित्रै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लक्ष्य राखेको थियो । तर, कोरोना भाइरसको महामारीका कारण लामो समय जनशक्ति र उपकरण अभाव हुँदा विमानस्थलको काम लक्ष्य अनुसार हुन नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।
विमानस्थलको लागत ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँ हो । तर, मुआब्जा वितरणमा भने ३० अर्बभन्दा बढी रकम खर्च भइसकेको छ ।
भैरहवा विमानस्थल निर्माणको काम २१ डिसेम्बर २०१४ बाट सुुरु भएको हो । प्रारम्भिक लक्ष्य अनुसार त गत डिसेम्बर २०१७ मै विमानस्थल सञ्चालनमा आइसक्नुपर्ने थियो । सो मितिभन्दा थप चार वर्ष अवधि लम्बिएको हो ।
विमानस्थलको लागत ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँ हो । तर, मुआब्जा वितरणमा भने ३० अर्बभन्दा बढी रकम खर्च भइसकेको छ ।
प्राधिकरणका अनुसार भौतिक संरचना निर्माणको काम पूरा भएर अहिले उपकरण जडानको काम जारी छ ।
तीन महिनामा उपकरण जडान पूरा भएपनि त्यसपछिको थप तीन महिना भने उडान प्रक्रियासँग सम्बन्धित तयारीमा लाग्ने गर्लछ । यसका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन र अन्य सरोकारवाला निकायका विज्ञहरु समेत बोलाएर काम गर्नुपर्छ ।
हवाई रुट निर्धारणसहितका काम गर्न विशेष उपकरणसहितको जहाज ल्याएर परीक्षण उडान गर्नुपर्छ । त्यसका लागि पनि परिस्थिति सहज हुनुपर्ने महानिर्देशक पोखरेल बताउँछन् ।
अर्कोतर्फ विमानस्थल सञ्चालन अन्य मुलुक र वायुसेवा सञ्चालकको समेत सरोकारको विषय हो । कोरोना भाइरसको महामारी कायमै रहेमा अन्य मुलुकले अनुमति नदिने र विमानस्थल तत्काल चल्ने सम्भावना नरहेको हो ।
प्रतिक्रिया