विक्रम विश्वकर्मा, तौलिहवा ।
महिला लघुवित्त वित्तिय संस्था लिमिटेड कपिलवस्तु शाखाको आयोजनामा केन्द्र प्रमुखहरुसंग कार्यशाला गोष्ठी पकडीमा भएको छ ।
मायादेवी गाउँपालिकाको पकडीमा रहेको उक्त वित्तिय संस्थाले आफ्ना केन्द्रहरु मार्फत हुने कार्यहरुको अनुगमन तथा थप प्रभावकारी बनाउनको लागि गोष्ठी आयोजना गरेको हो ।
उक्त गोष्ठीमा केन्द्रका प्रमुखहरुले आपतकालमा कर्जा उपलब्ध नभएको, कर्जासंग संगै आयमुलक बाटो देखाईदिए लिएको कर्जाको सहि सदुपयोग हुने बताएका थिए ।
बचतसंगै आयमुलक तालिम संचालन भएमा थप रोजगारको बाटो खुल्ने बताएका थिए । नोभेल कोरोना भाईरस अर्थात (कोभिड–१९) का कारण रोजगारीको बाटो गुमेका तथा आय आर्जनको नहुदाँ १५ प्रतिशत व्याजलाई पनि घटाउनु पर्ने लगायतका गुनासा राखेका थिए ।
बचतकर्ता तथा केन्द्र प्रमुखले उठाएको गुनासालाई जवाफ दिदै प्रमुख अतिथि सुपरीवेक्षण तथा निरीक्षक कार्यालय चिवतनका अधिकृत सरोज रेग्मीले कर्ताको अवस्था हेरेर सक्कल कागजपत्रको आधारमा आकस्मिक कर्जा उपलब्ध गराईने बताउनु भयो ।
लकडाउन भन्दा अगाडीको अवस्थामा १८ प्रतिशत रहेको ब्याजलाई राष्ट्र बैंकको निर्देशन अनुसार नै लकडाउन पछि १५ प्रतिशत भएको बताउनु भयो । तालिमको लागि बचतकर्ताले प्रस्तावना पेश गरेको खण्डमा तालिम संचालन हने पनि अधिकृत रेग्मीले बताउनु भयो ।
कार्यक्रममा केन्द्र प्रमुख तथा उप-प्रमुखको काम कर्तव्य र जिम्मेवारी, केन्द्रमा हुनु पर्ने गुण र बार्षिक कार्य योजनाका बारेमा तुलाराम देवकोटाले प्रष्ट पार्नु भएको थियो ।
यस संस्थाले कपिलवस्तुका २ वटा नगरपालिका र ३ वटा गाउपालिकामा कारोबार गर्दै आएको संस्थाका शाखा प्रमुख शेर बहादुर सिंहले जानकारी दिनु भएको छ । शाखा अन्तरगत रहेर जिल्लामा ६५ वटा केन्द्रले काम गर्दै आएको सिंहले बताउनु भयो ।
संस्थामा ८ सय ३० जना सदस्य रहेका छन् । जसमा ३ करोड ५२ लाख ७४ हजार ८ सय लगानी गरेको र ५२ लाख ६१ हजार ४ सय बचत रहेको सिंहका भनाई छ । संस्थामा हालसम्म ४ सय ९९ जना ऋणी रहेका छन् ।
यता संस्थाले उत्कृष्ट काम गरेका चार वटा केन्द्रलाई सम्मान गरेको छ । उत्कृष्ट काम गरी केन्द्र नं. २, ४३, ६३ र २९ क्रमश प्रथम, द्धितिय, तृतीय र सान्त्वना भएका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि रेग्मीले प्रमाण पत्र सहित खादा ओढाएर सम्मान गर्नु भएको थियो ।
उक्त गोष्ठी कार्यक्रम केन्द्र नं. ५६ का प्रमुख मायादेवी न्यौपानेको अध्यक्षता, सुपरीवेक्षण तथा निरीक्षक कार्यलय अधिकृत सरोज रेग्मीको प्रमुख आतिथ्यता, शाखा प्रमुख सिंहको विशिष्ट आतिथ्यता र संस्थाका कर्मचारी तुलाराम देवकोटाको संचालनमा सम्पन्न भएको हो ।
प्रतिक्रिया