८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

नेपाल पक्षले बोलायो केन्द्रीय कमिटी बैठक



काठमाडौँ ।
पार्टीभित्रको आफ्नो पछिल्लो राजनीतिक परिस्थिति र साझा निष्कर्ष निकाल्ने उद्देश्यसहित नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएको छ।
शुक्रबार सामाखुसीको मेघा पार्टी प्यालेसमा ११ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको यो पक्षका स्थायी र केन्द्रीय कमिटी सदस्यले निश्चित गरेका छन्।
एमालेमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विधान विपरीत विभिन्न निर्णयहरु गरेपछि त्यसको विरोधमा नेपाल पक्ष उत्रिएको छ।
तर ओली पक्षले स्पष्टिकरण सोधेर पार्टी विभाजन गर्न खोजेको निष्कर्ष निकाल्दै त्यसको राजनीतिक र कानूनी उपचारका मामिलामा छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाएको हो।
साथै ओलीलाई दिने स्पष्टिकरणको जवाफ र सोध्ने प्रश्नबारे पनि साझा निष्कर्ष निस्कियोस् भन्ने नेपाल पक्षले चाहिरहेको यो पक्षका एक स्थायी कमिटी सदस्यले जानकारी दिए।

प्रकाशित मिति : १२ चैत्र २०७७ बिहिबार ००:००  १२ : ३७ बजे