एजेन्सी ।
विश्व विजेता फ्रान्सले आउँदो विश्वकप फुटबलका लागि सुरु भएको छनौट चरणको सुरुवात बराबरीबाट गरेको छ । युरोपेली क्षेत्रको छनौट अन्तर्गत बुधबार राति भएको आफ्नो पहिलो खेलमा फ्रान्स युक्रेनसँग १–१ को बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा भएको खेलमा फ्रान्सका लागि १९ औँ मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गरेर सुरुवाति अग्रता दिलाए ।
तर ५७ औँ मिनेटमा फ्रान्सका प्रेसनल किम्पेम्बेले आत्मघाती गोल गरेपछि युक्रेन बराबरीको अवस्थामा आयो । त्यसपछि थप गोल हुन सकेन र फ्रान्स बराबरीमै रोकियो ।
समूह डी अन्तर्गत नै भएको अर्को खेलमा फिनल्याण्ड र बोसनिया हर्जगोविनाले २–२ को बराबरी खेलेर अंक बाँडेका छन् । यो समूहमा रहेको काजखस्तानले पहिलो खेल नै खेल्न बाँकी छ ।
प्रतिक्रिया